कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2020 | 03:40:38 PM मा प्रकाशित

laxmi  sunrise bank
प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेका छन् । उनलाई तनहुँ प्रहरीले पक्राउ गरेको हो ।

नेता पौडेलले सामाजिक संजाल फेसबुक मार्फत प्रहरीले आफुलाई समेत हिरासतमा लिएको जानकारी दिएका हुन्। उनले साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथि प्रहरीले लाठीचार्ज र दमन गरेको भन्दै ति कार्य तत्काल बन्द गर्न माग गरेका छन् ।

व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उद्घाटन गर्न जाने क्रममा उनी पक्राउ परेका हुन् । जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका केहि स्थानमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा तोडेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले पौडेललाई नियन्त्रणमा लिएको हो। 

व्यास नगरपालिका–१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा सङ्घबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved