अब ट्रायलमा ६० अंक मात्र ल्याए पनि लाइसेन्स पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 10:37:09 AM मा प्रकाशित

laxmi  sunrise bank

अब ट्रायलमा ६० प्रतिशत अंक ल्याउनेले पनि सहज रुपमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने भएका छन् । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन गर्दै उक्त व्यवस्था राख्न प्रस्ताव गरेको हो । 

ट्रायलको एक सय पूर्णाकमध्येमा ६० अंक ल्याउनेहरु लाइसेन्स पाउन योग्य हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। उनका अनुसार विभागले परिर्वतन गरेको मापदण्ड अनुसार गाह्रो मानिने प्यारामिटरलाई बढी र सजिला प्यारामिटरलाई कम अंकभार हुने गरी छुट्याईएको छ । त्यसका आधारमा पूर्णाङमा कम्तिमा ६० अक ल्याउनेहरु लाइसेन्स प्राप्त गर्न योग्य रहनेछन् । 

‘ट्रायलका लागी ‘एट’ मा छिरेदेखि ट्रायल पूरा गरेर ननिस्कदासम्म विभिन्न प्यारामिटरमा अंक बाडिँनेछ । जसमा फिगर ८ टेस्ट, न्यारो प्ल्यान्क टेस्ट, यू टर्न टेस्ट, ट्राफिक लाइट टेस्ट, स्पिट ब्रेकर टेस्ट, ¥याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्ट लगायतका प्यारामिटरलाई फरक÷फरक अंकभर दिएर परीक्षा लिइनेछ’, उनले भने, ‘कुनै एक प्यारामिटरमा गल्ती गरेपनि तोकिएको अंकभार ल्याएमा लाइसन्स लिन पाउँछन् ।’

प्यारामिटर र त्यसका अंक कति राख्ने भन्नेबारे हाल छलफल चलिरहेको उनले बताए । हाल ट्रायलमा सहभागी मध्येमा २५ प्रतिशतले मात्र लाइसन्स पाउँनका लागि योग्य रहने गरेका थिए । सामान्य गल्तीहरु गर्दा समेत लाइसेन्स पाउँन नसक्दा नक्कली लाइसन्स लिने र घुस दिएर सवारी चालक अनुमतिपत्र निकाल्ने प्रवृत्तिमा पनि कमी आउने अनुमान गरिएको उनी बताउँछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved