मारवाडी सेवा समितिको अध्यक्षमा कैलाशचन्द्र गोयल निर्वाचित भएका छन् । प्रतिस्पर्धी वसन्तकुमार चौधरीलाई ११६ मतले हराउँदै गोयल निर्वाचित भएका हुन् । विजयी भएका गोयलले ८८३ मत ल्याउँदा चौधरीले ७६७ मत प्राप्त गरे ।
३१ कार्यसमिति सदस्यमा गोयल पक्षका १६ जना र चौधरी पक्षका १५ जना विजयी भएका छन् ।