‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2021 | 09:58:17 AM मा प्रकाशित

laxmi  sunrise bank

‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ आज राष्ट्रिय योग दिवस मनाइँदैछ । २०७२ साउन २८ गतेको तत्कालिन मन्त्रिपरिषद् बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय भएको हो । दिवसको संयोजन गर्ने जिम्मा शिक्षा मन्त्रालयको हो ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तरराष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र संघका स्थायी सदस्य राष्ट्रले सर्मथन गरेका थिए ।

संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved