परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2021 | 10:03:19 AM मा प्रकाशित

laxmi  sunrise bank

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली भारत जान लागेका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गर्ने आयोगको बैठक तीन दिनसम्म चल्ने छ । बैठकमा व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी लगायतका विषयमा छलफल हुनेछ ।

भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी पनि रहनेछन् । ज्ञवाली शनिबार स्वदेश फर्किनेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved