नेकपाको विवाद हेरिरहेका निर्वाचन आयोगका सहसचिवको सरुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2021 | 10:24:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद हेरिरहेका निर्वाचन आयोगका सहसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगको कानुन महाशाखाका प्रमुख रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरूवा गरेको हो ।

सो महाशाखाले राजनीतिक दलको दर्ता, नीति नियमदेखि विवाद निरूपणको समेत काम गर्ने गर्दछ । हाल देखिएको नेकपाको विवाद पनि यही महाशाखाले हेरिरहेको थियो । गौतम दश महिनादेखि उक्त महाशाखामा कार्यरत थिए । 

गौतमको ठाउँमा गृह मन्त्रालयका सहसचिव पुष्कर सापकोटालाई पठाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved