प्रतिनिधिसभा भंगको मुद्दाः सुनुवाईको क्षेत्राधिकारकै विषयमा बहस हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 10:44:49 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आज पनि संंवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो। 

आजको सुनुवाईमा पनि बुधबारको जस्तै यो विवाद संंवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्नेबारेमै बहस हुनेछ । आज पनि मुद्दाको सुनुवाइ कहाँ गर्ने भन्ने क्षेत्राधिकारकै विषयमा बहस हुने एक जना रिट निवेदकको तर्फबाट बहस गरिरहेका वरिष्ठ अधिवक्ताले जानकारी दिए ।

रिट निवेदक १३ मध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved