नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच हैदरवादमा भेटवार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 01:33:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । हैदरावाद हाउसमा भएको बिहान भेटवार्तामा नेपाल–भारत सम्बन्ध, समसामयिक क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विषयमा कुराकानी भएको बताईएको छ । 

बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा भारतका बाह्य मामिला सचिव हर्षवर्द्धन श्रृङ्गला र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी छन् । 

दुवै देशका परराष्ट्र, वाणिज्य, अर्थ, जलस्रोत, ऊर्जा र रेल मन्त्रालय विभागका अधिकारी सहभागी हुनेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved