आन्तरिक समन्वयले सम्भावित क्षति घटाउन सहयोग पुग्छ : गृहमन्त्री थापा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 02:24:55 PM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री रामबहादुर थापाले आन्तरिक समन्वयले सम्भावित क्षति घटाउन सहयोग पुग्ने बताएका छन् । आज काठमाडौँमा आयोजित २३ औँ भूकम्प सुरक्षा दिवसको अबसरमा आयोजिक कार्यक्रममा मन्त्री थापाले सो कुरा बताएका हुन् । 

‘नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिन्छ । प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन् । त्यसैकारण कहिलेकाहीँ अप्रत्याशित जोखिम व्यहोर्नु पर्ने अवस्था आएको हो’, उनले भने । 

मन्त्री थापाले भुकम्पीय क्षति कम गराउन सुरक्षित भवन निर्माण र कोविड १९ को संक्रमणबाट बच्न संयुक्त प्रयासको खाँचो देखाएका थिए । 

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले, सम्भावित विपत्तिबाट बच्नका लागि पूर्व तयारी, प्रचलित कानुनको पालना र आपसी समन्वय संयन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए । आगलागीको सन्दर्भ उठाउँदै मेयर शाक्यले भने, ‘आगलागी ठूलो घटना हो । यो घटना भूकम्पजस्ता विपत्तिबाट पनि सिर्जना हुन्छ । काठमाडौंको दमकल सेवालाई विस्तार गर्ने क्रममा हामीले बौद्धमा आधुनिक भवनसहितको सेवा सुरु गरिसकेका छौं ।’

भूगोल पार्कको स्मृति सभापछि गृहमन्त्री थापाले दमकल प्रदर्शनी र जुद्ध बारुण यन्त्र कार्यालय भवनको निरीक्षण अवलोकन समेत गरेका थिए । 

काठमाडौं बारुण यन्त्र कार्यालय (जुद्ध बारुण यन्त्र कार्यालय) का प्रमुख लीलाराज गाछाकाअनुसार दकमल प्रदर्शनीमा ४ वटा चालु अवस्थाका नयाँ दमकल, १९९४, २००१ र २०१५ सालका ३ वटा पुराना दमकल, २ वटा ल्याडर, १ वटा मिनी दमकल, एउटा हलुका र एउटा हेभी रेस्क्यु ट्रक, एउटा पानी ट्याङकी र एउटा लाइट पोर्टेवल पम्पलगायत आगलागी नियन्त्रण तथा उद्धार कार्यमा प्रयोग हुने उपकरण तथा साधन राखिएका छन् । प्रदर्शनी भोलिसम्म रहनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved