नेपाललाई हिन्दू राज्य बनाउन भारतमा बन्यो ‘कोर टीम’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 04:05:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाललाई हिन्दू राज्य कायम गर्न भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल जीडी बक्सीको नेतृत्वमा ‘हिन्दू चेतना कोर टीम’ गठन भएको छ । विहिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत बक्सीले नेपालमा हिन्दु राज्य स्थापना गर्न र नेता सुवासचन्द्र बोसको १२५ औं स्मृति दिवस मनाउन कोर टीम बनाईएको सार्वजनिक गरेका हुन् । 

बक्सीले लेखेका छन्, ‘हाम्रो टीमको मुख्य उद्देश्य भनेको लक्ष्य प्राप्तीका लागि आवाज मुखरित गर्नु हो । आन्तरिक र बाह्य सुरक्षा चुनौतिलाई रोक्न भारतको प्रभाव भएका ठाउँमा सैन्यशक्ति मजबुत मनाउनु र नेता बोसको वार्षिकी मनाउनु उद्देश्य रहेको छ । हिन्दु राष्ट्र नेपाललाई समर्थन गर्नुपनि हाम्रो उद्देश्य हो ।’

दुई देशको सम्बन्ध बिगार्ने प्रमुख भूमीका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले खेलेको आरोप लगाउँदै बक्सीले ओलीलाई गत जुनमा ‘चोर’ भनेका थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved