वृहत् पूर्ण इजलासको माग अस्वीकृत, आइतवारदेखि संवैधानिक इजलासमा सुनुवाइ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 05:28:57 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाईका लागि बृहत् पूर्ण इजलास गठन नहुने भएको छ । रिट निवेदन दायर गर्नेका तर्फबाट बहस गरेका अधिवक्ताहरुको जिकिरलाई सर्बोच्च अदालतको संवैधानिक इजलासले अस्वीकार गरेको हो । अब मुद्दाको सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुनेछ । 

नेपालको संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएकाले निवेदकको माग बमोजिम वृहत पूर्ण इजलासमा लैजानुपर्ने नदेखिएको सर्बोच्चको उत्प्रषेण परमादेशमा उल्लेख छ । 

यसअसघि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको एकल इजलासले प्रतिनिधिसभा विघटन विरुद्ध परेका सबै रिटहरु संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो । आइबारदेखि निरन्तर सुनुवाई हुने गरि मुद्दा अहिले हेर्दा हेर्दैमा राखिएको छ । प्रधानन्यायाधीश राणा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजवहादुर केसी छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved