नागरिक एपको प्रयोगले भ्रष्टाचार अन्त्य हुने प्रधानमन्त्री ओलीको भनाई

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 16, 2021 | 12:55:15 AM मा प्रकाशित

sarbottam cement

प्रधानमन्त्री केपी शर्मा ओलीले सरल र सहजरुपमा सरकारी सेवा दिने उदेश्यले सरकारले ल्याएको नागरिक एप्स को प्रयोगले भ्रष्टाचार अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एप सार्वजनिक कार्यक्रममा भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले सरकार नागरिकलाई सबै सेवा सरल र सहजरुपमा दिन तयार रहेको भन्दै यसको प्रयोगले सुशासनमा वृद्धि हुने बताए।

"तीन वर्ष देखिको अध्ययन, अनुसन्धान र प्रणाली विकासपछि नागरिक एप्स आजबाट परीक्षणको लागि आम नागरिक समक्ष प्रक्षेपण गर्न पाँउदा मलाई खुशी लागेको छ। यो एपको प्रयोग गर्दै यसमा आवश्यक सुधारको लागि भूमिका खेल्न आग्रह पनि गर्न चाहन्छु" प्रधानमन्त्री ओलीले भिडियो संदेशको क्रममा भने। 

प्रधानमन्त्री ओलीले आगामी दिनमा एप्समा सवारी कर, अनुमतिपत्र लोक सेवालगायत सेवालाई पनि जोड्दै जाने बताए । उक्त एप बढीभन्दा बढी प्रयोेग गरी फाइदा लिन प्रधानमन्त्री ओलीले आग्रह गर्दै युवा पुस्ताले यसको प्रयोगको अगुवाइ गर्ने विश्वास व्यक्त गरे ।

परीक्षणका रुपमा नागरिक एप सुरु भएकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले हरेक सरकारी सेवालाई सूचना तथा सञ्चार प्रविधिसँग जोडेर सेवा दिनु सरकारको कर्तव्य भएको बताए।

यस एप्सले एकै ठाउँबाट सबै सरकारी सेवा लिन सकिने परिकल्पनालाई साकार पार्ने बाटो खुलेको बताउदै प्रधानमन्त्री ओलीले सम्भव भएसम्मका सबै सरकारी सेवा हरु घरमा बसेर आफ्नै मोबाइलबाट लिन सकिनेगरि यसको विकास गरिएको बताए। 

स्थानीयदेखि केन्द्रसम्मका सबै सरकारी सेवा यहि एप्सबाट नेपाली जनताले प्राप्त गर्ने प्रधानमन्त्री ओलीको दाबि छ। आगामी दिनमा नागरिकले झन्झट र दुख नब्योहोरी सवारी कर, लाइसेन्स, प्यान, लोकसेवा, मालपोत लगायतका सेवा आफ्नै मोबाइलबाट लिन सकिने प्रणालीको आधार तयार भई परिक्षण सुरु भएको प्रधानमन्त्री ओलीको भनाई छ। 

सबै सरकारी सेवा एकै ठाउँबाट लिन पाउने सुविधाले भ्रस्टाचार कम हुने बिश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले युवा पुस्तालाई यसको अग्रणी भूमिका निर्वाह गर्नलाई अनुरोध गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved