भारतीय पत्रकारसँग मन्त्री ज्ञवालीले भने, ‘ऐतिहासिक तथ्य हेरेरै नक्सा जारी गरेका हौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2021 | 10:45:32 AM मा प्रकाशित

laxmi  sunrise bank

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । तीनदिने भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री सिंहसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि सहभागी छन् । 

मन्त्री ज्ञवाली आजै अपरान्ह नेपाल वायु सेवा निगमको विमानमार्फत काठमाडौँ फर्किने कार्यक्रम रहेको भएपनि फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नका लागि प्रयास भइरहेको छ । 

शनिबार बिहान नेपाली दूतावासमा भारतीय पत्रकारहरुसँग अन्तरक्रिया गर्दै मन्त्री ज्ञवालीले नेपालले सुगौली सन्धिलगायत ऐतिहासिक प्रमाणका आधारमा नयाँ नक्सा प्रकाशित गरेको जानकारी गराएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved