प्रचण्ड नेपाल समुहद्वारा बिरोध प्रदशन कार्यक्रम घोषणा

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 16, 2021 | 10:33:19 PM मा प्रकाशित

sarbottam cement

नेकपाको प्रचण्ड नेपाल समुहले माघ ९ गते काठमाडौंमा बिरोध प्रदशन गर्ने भएको छ।  पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बसेको यस समुहको बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकले प्रधानमन्त्रीद्वारा चालिएको प्रतिगामी, प्रतिक्रान्तिकारी तथा असंवैधानिक कदमका विरुद्ध अग्रगमन, लोकतन्त्र तथा संविधान र जनअधिकारको रक्षाका लागि यही माघ ९ गते राजधानी काठमाडौंमा बृहद तथा शसक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले जानकारी दिए।  

बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनमा व्यापक सहभागितासहित जनअधिकार रक्षाका लागि ऐक्यवद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघ संगठनहरुमा अपील गरेको छ ।

बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनको तयारीका लागि माघ ४, ५ र ६ गते प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा र शाखा कमिटी, सम्पर्क तथा जनवर्गीय संगठनका तहगत कमिटीका बैठक आयोजना गरी तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गरेको छ । त्यसैगरी माघ ६, ७ र ८ गते पर्चा वितरण, कोणसभा, माइकिङ, साँस्कृतिक प्रचार सभा सहितका सिर्जनात्मक प्रचार कार्यक्रम गर्न पार्टी कमिटी तथा जनसंगठनहरुलाई निर्देशन गरेको छ ।

बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनको प्रचारका लागि माघ ७ गते अपरान्ह २ बजे काठमाडौं भृकुटी मण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल र्याली आयोजना गर्ने निर्णय गरेका छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय संघर्ष समिति, उपत्यका संघर्ष समिति, बागमती प्रदेश कमिटी, सम्पर्क विशेष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठका पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता कमरेड झलनाथ खनालले जारी आन्दोलन लोकतन्त्र, जनअधिकार र संविधानको रक्षाका लागि भएकाले कुनै राजनीतिक दलको मात्र नभएर सिंगो मुलूकको लोकतन्त्रवादी शक्तिको संयुक्त जनआन्दोलन भएकाले अत्यन्तै उत्साह र शसक्त ढंगले तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिए। 

माघ ९ गते उपत्यकाका विभिन्न स्थानबाट जुलुश सहित अपरान्ह १२ बजे काठमाडौंको रत्नपार्कबाट एकीकृत विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको बताइएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved