सम्पदा संरक्षणमा काठमाडौँ महानगरपालिका तल्लीन छः मेयर शाक्य

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 17, 2021 | 01:57:31 PM मा प्रकाशित

sarbottam cement

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मुर्त–अमुर्त सम्पदाको संरक्षणमा महानगरपालिका एकाग्र भएर लागेको बताएका छन् । वडा नं. २१ स्थित लगन टोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको आगँ छेँ पुनःनिर्माणको शिलान्याश गर्दै शाक्यले परम्परा, इतिहास, सँस्कृति र सस्कारलाई जीवन्त तुल्याउन सबैको सहयोग चाहिने बताए ।

‘काठमाडौँ ऐतिहासिक र सांस्कृति शहर हो । यहाँ लामो समयदेदेख जीर्ण बनेका सयौँ सम्पदा छन् । यिनीहरुको संरक्षण गर्नु राज्य र हाम्रो पनि दायित्व हो,’ शाक्यले भने, ‘अब पनि हामीले सहयोग नगरी त्यस्तै अवस्थामा छाडिदिने हो भने जीर्ण बनेका सम्पदा भग्नावशेष अवस्थामा पुग्ने निश्चित छ ।’ 

‘हाम्रो परम्परा, इतिहास, सँस्कृति र सस्कारलाई जोगाउने काम गुठियारहरुले गरिरहेका छन्,’ शाक्यले पुनः भने, ‘यस्तो अवस्थामा जीर्ण सम्पदाहरुको संरक्षणमा राज्यको पनि सहयोग हुँदा उहाँहरु थप उत्साहित हुनुभएको छ । महानगरवासी अहिले काठमाडौँ महानगरपालिकाले सम्पदान संरक्षणका लागि लगानी गरेको देखेर थप आशावादी बन्नुभएको छ ।’ 

शाक्यले अहिले महानगरपालिकाले सम्पदा निर्माण, पुनःनिर्माणमा गरेको लगानी सयौँ वर्षका लागि हुने पनि दाबी गरेका छन् । 

‘हामी जनप्रतिनिधि अस्थायी हौँ । तर, यो कार्यकालमा सम्पदा निर्माण पुःनर्मिाणसँगै सम्पदा संरक्षणका लागि गरिएका कामहरु यहाँका बासिन्दाका लागि स्थायी हुन,’ उने भने, ‘काठमाडौँमा मुख्य गरेर १८ ओटा विहार रहेका छन् । त्यो मध्येको लगं बहाः एक महत्वपूर्ण विहार हो । प्राचिनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौँको तल्लो भेगको क्षेत्र (कोने)मा अवस्थित लगं बहाः ऐतिहासिक तथा पुरातात्विक महत्वको बिहार हो । बुद्ध शासनकालसँग जोडिएको यो ऐतिहासिक बिहारको पुनःनिर्माणसँगै यहाँका स्थानीयहरु थप उत्साहित बन्नुभएको छ ।’ 

‘ऐतिहासिक, धार्मिक र पुरात्वात्विक महत्वका सम्पदाको संरक्षण गर्नुपर्छ भनेर काठमाडौँ महानगरपालिकाले पर्याप्त बजेट विनियोजन गरेको छ,’ शाक्य भन्छन्, ‘अहिले काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका अधिकांश गुठियार र महानगरवासी राज्यले हाम्रो कुरा सुन्यो, भग्नावशेष अवस्थामा पुगेको सम्पदा निर्माण–पुनःनिर्माणका लागि सहयोग भयो । सम्पदा बचाउन राज्यले पहलकदमी लियो भनेर उत्साहित हुनुभएको छ ।’

काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम अन्तरगत पुनर्निर्माण हुन लागेको कीर्तिपुण्य महाविहारको आगँ छेँ को लागत २ करोड ८५ लाख रहेको छ । २०७८ मंसिरसम्म सम्पन्न गर्नुपर्ने कार्यादेश पाएको निर्माण कम्पनी तुलसी कन्स्ट्रक्शनले समयमै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved