रामेछाप पुगेर योगेश भट्टराईले भने, ‘प्रधानमन्त्रीकै कारण प्रतिक्रान्ति निम्तिने खतरा बढ्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 03:54:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधब) समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको बताएका छन् । प्रेस सङ्गठन नेपाल रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको जिकिर गरे ।

‘प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी छ’ नेता भट्टराईले भने, ‘नेपाली क्रान्तिले प्राप्त गरेका राजनीतिक उपलब्धि नै समाप्त गर्ने खालको प्रधानमन्त्रीको यो कदमले प्रतिक्रान्ति निम्त्याउने खतरा छ । संसद विघटनको कदमले संविधानसभाबाट प्राप्त नेपालको संविधानलाई नै क्षतविक्षत बनाएको छ ।’ 

उनले नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद भंग गर्ने कुनै पनि विशेषाधिकार नदिएको दाबी गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved