मञ्जुश्री फाइनान्सका अध्यक्षले लिए शपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 04:23:24 PM मा प्रकाशित

laxmi  sunrise bank

मञ्जुश्री फाइनान्स लिमिटेडको अध्यक्ष इन्दिरा पन्डित घिमिरेले नेपाल राष्ट्र बैंकमा पद तथा गोपनियताको शपथ लिएकी छिन् । घिमिरेले बैंकका नियमन विभाग प्रमुख देवकुमार ढकालबाट पद तथा गोपनियताको शपथ लिएकी हुन् । 

तेह्रौ वार्षिक साधारण सभाबाट संस्थापक समूहका शेयर धनिहरुका तर्फबाट सञ्चालकको पदमा यादब अधिकारी, रामहरी शर्मा तथा रविन राज देवकोटा र सर्वसाधारण शेयरधनिहरुका तर्फबाट दिलमान सिंह चन्द निर्विरोध निर्वाचित भएका थिए । 

वार्षिक साधारण सभाले २३.५० प्रतिशत लाभांश स्विकृत गरको छ । जस मध्ये नगदलाभांश ५.५ प्रतिशत (पाँच दशमलव पाँच प्रतिशत र वोनश शेयर  १८ प्रतिशत (अठार प्रतिशत) रहेको छ । वोनश शेयर वाँडफाँड पश्चात संस्थाको चुक्ता पूँजीरु ९६ करोड ५३ लाखपुगेको छ । 

संस्थाको  हालसम्म ९ अर्ब निक्षेप संकलन तथा ७ अर्ब ९६ करोड कर्जा लगानी रहेको छ । काठमाडौँको नयाँबानेश्वरमा केन्द्रिय कार्यालय रहेको फाइनान्सको काठमाडौंकै न्युरोड, नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा तथा वीरगन्जमा शाखा कार्यालय मार्फत सेवा प्रवाह गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved