गगनलाई मेयर शाक्यको चूनौति, ‘राष्ट्रपति होइन, वडा सदस्यसँग चुनाव लडेर देखाउनुहोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 04:56:20 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कांग्रेस नेता गगन थापालाई राष्ट्रपतिसँग नभई महानगरपालिकाका वडा सदस्यसँग चुनाव लडेर जितेर देखाउन चूनौती दिएका छन् । काठमाडौं महानगरपालिका वडा नं ४ मा निर्माण हुन लागेको मनमोहन पार्कको शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख शाक्यले थापाले चर्चामा आउनका लागि राष्ट्रपतिलाई चुनावी मैदानमा आउन चूनौति दिएको भन्दै महानगरपालिकाको एउटा वडा सदस्यलाई पराजित गरेर देखाउन चूनौति दिएका हुन् । 

काठमाडौं महानगरपालिका वडा नं ४ का सदस्य तथा नेकपा काठमाडौं–४ का अध्यक्ष ध्रुव त्रिपाठीतर्फ संकेत गर्दै शाक्यले थापालाई त्रिपाठीसँग वडामा चुनाव लडेर विजयी हुन चूनौति दिएका हुन् । गलत प्रचारवाजी गरेर चर्चामा आउन खोजेको भन्दै मेयर शाक्यले थापालाई जनमतको अशली परिक्षणका लागि मैदानमा आउन चुनौती दिएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved