
बेलायतबाट सुरु भएको नयाँ प्रजातिको कोरोना भाइरस नेपालमा पनि देखिएको छ । स्वास्थ्य तथा जानसख्या मन्त्रालयले बेलायतबाट नेपाल आएका ६ जना मध्ये ३ जनामा नयाँ प्रजातिको भाइरस पुष्टि भएको जनाएको हो ।
मन्त्रालयले स्वाब परिक्षणको लागि विश्व स्वास्थ्य संगठनको हंगकंग प्रयोगशालामा पठाएकोमा नयाँ प्रजातिको भाइरस पुष्टि भएको जानकारी इमेल मार्फत आएको मन्त्रलायले जनाएको हो । भाइरस पुष्टि हुनेमा २८ वर्षीय महिला, ६७ बर्षिय पुरुष र ३२ वर्षीय पुरुष छन् ।
उनीहरुलाई बेलायतमा देखिएकै भाइरस देखिएको मन्त्रालयले जनाएको छ । उनीहरु केहि दिन अगाडी बेलायतबाट नेपाल आएका थिए ।