इसेवा र लिगल रेमिटबीच सम्झौता, अष्ट्रेलियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2021 | 03:27:50 PM मा प्रकाशित

laxmi  sunrise bank

इसेवा मनि ट्रान्स्फर र अष्ट्रेलियाबाटको रेमिट्यान्स कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता सगैँ अब अष्टे«लियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स् पठाउन थप सहज हुनेछ ।

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका प्रबन्ध निर्देशक अजेश कोइरााला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका हुन् । 

अष्ट्रेलियाबाट नेपालीहरूले नगद तथा कुनै पनि बैंक खाता र इसेवा वालेटमा रकम पठाउन सक्नेछन् । नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवा वालेट एप मार्पत पनि झिक्न सकिनेछ । यसैगरी, बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा ५५ रुपैयाँ अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ । 

इसेवा मनि ट्रान्सफरले डिजिटल र एजेन्ट दुबै  माध्यम मार्फत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्स्फरले अमेरिका, जापान, युरोपीयन देश लगायत खाडीका थुपै्र मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ । डिजिटल माध्यमबाट रेमिट्यान्स् भित्राउन प्रोत्साहन गरिरहेको इसेवा मनि ट्रान्स्फर पछिल्लो समय विदेशमा रहेका नेपालीहरुमा रोजाइमा पर्दै गएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved