माघ १६ पछि दैनिक आमहड्ताल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2021 | 04:01:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गतेपछि आन्दोलन आम हड्तालमा परिणत हुने चेतावनी दिएका छन् । सोमबार अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले अबका हरेक कार्यक्रम दैनिक रुपमा थप मजबुत र सशक्त बन्दै जाने भन्दै माघ १६ पछि प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आमहड्तालमा जाने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेको मात्र गरेको नभइ संविधान र लोकतान्त्रिक गणतन्त्रकै घाँटी निमोठेको प्रचण्डको भनाई छ । 

‘उहाँको सम्पूर्ण सोच प्रतिगमनकारी रहेको कुरा अहिले प्रमाणित भएको छ । पार्टीका विधिविधान नमान्ने, समावेशी समानुपातिक नचाहने ओलीले अन्ततः संविधान नै भत्काए’, प्रचण्डले भने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved