सनराइज बैंकको 'कन्ट्याकलेस कार्ड' सेवा सञ्चालनमा, पैसा झिक्न चेक वा एटिएम नचाहिने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 19, 2021 | 07:36:13 PM मा प्रकाशित

sarbottam cement

सनराइज बैंकले Sunrise Bank Limited ले कार्ड मार्फत हुने भुक्तानीलाई अझै सहज, आधुनिक र विश्वस्तरिय बनाउने उद्देश्यका साथ 'कन्ट्याकलेस कार्ड'  सेवा सञ्चालनमा ल्याएको छ । 

बैंककाअनुसार यस सेवा अन्तर्गत सो कार्डको प्रयोग गरी पोइन्ट अफ सेलमा कारोबार गर्दा पिन राख्नु पर्दैन, कार्डलाई पिओएस ट्याब गरेर सजिलै कारोबार गर्न सकिनेछ । उक्त कार्डबाट 'ट्याप एण्ड पे'  सुविधायुक्त पिओएस को आवश्यकता पर्दछ । बैंकले हालको पिओएस लाई स्तरोन्नत्ती गरी ट्याप सुविधायुक्क्त पिओएस उपत्यकाका विभिन्न रेस्टुरेन्ट, सपिङ्गमल आदि ठाउँहरुमा राख्ने कामको थालनीे गरिेसकेको छ ।

२ हजारसम्मको कारोबारमा पिन आवश्यक पर्दैन भने २ हजारभन्दा माथिको कारोबारमा पिन आवश्यक पर्छ । बैंकले डेबिट, क्रेडिट र अन्तर्राष्ट्रिय डेबिट कार्डको सुरुवात गरेको छ । 

उक्त बैंकले हाल १६० एटिएम, १३९ शाखा, दुई हजारभन्दा बढि मर्चेन्ट नेटवर्क, आठ हजार रेमिट्यान्स एजेन्ट मार्फत ७ लाख भन्दा बढि ग्राहकहरुलाई स्वदेश तथा विदेशमा समेत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved