९५ वर्षीय बरिष्ठ अधिवक्ताले इजलासमा उभिएर सोधे, ‘संसदको के कसुर थियो ?’

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 20, 2021 | 02:08:02 PM मा प्रकाशित

sarbottam cement

प्रतिनिधिसभा विघटन विरुद्दको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । सुनुवाईका क्रममा बहस गर्दै ९५ वर्षीय बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले जनताको वारिसको रूपमा रहेको प्रतिनिधि सभालाई प्रधानमन्त्रीले सिध्याएकोमा आफूलाई दुःख लागेको गुनासो गरेका छन् । 

‘प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचिएको छ’ उनले भने, ‘छोरी कुटेर बुहारी तर्साउने काम ओलीले गरेका छन् । उनले पार्टीका मान्छेलाई देखाइदिन संसद विघटन गरे। संसदको के कसुर थियो ?’ 

‘प्रधानमन्त्रीले काम  गर्न दिइएन भन्नुहुन्छ काम गर्न नदिनेलाई कारबाही गर्न सक्नुहुन्छ नि’ उनले थपे, ‘उहाँले जनताको वारेसको विश्वासमा काम गर्नुपर्छ। जब अविश्वासको प्रस्ताव आउँछ भन्ने थाहा भयो । संसदै विघटन गरिदिनु भयो । संविधानमै नभएको अधिकार प्रयोग गरेर जनताको वारेसलाई स्वाहा गर्ने ?’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved