वाणिज्य बैंक मार्फत भुक्तानी हुने कर तथा राजश्व अब मोबाइल बैकिङ्बाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 04:10:43 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक मार्फत भुक्तानी हुने कर तथा राजश्व अब करदाताले आफ्नो मोबाइल बैकिङ्बाट मार्फत भुक्तानी गर्न सक्ने भएका छन् । बैंकले आज मोबाइल बैंकिङ मार्फत कर तथा राजश्व भुक्तानी गर्न नेपाल क्लियरिङ्ग हाउस, खल्ती, आइएमई पे, प्रभु पे र  नेपाल पे गरी  ५ वटा भुक्तानी सेवा प्रदायक कम्पनीसँग सम्झौता गरेको छ । 

उक्त सम्झौता पश्चात करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाइल बैंकिङ्गबाट सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यस्तैगरी, राष्ट्रिय वाणिज्य बैंक मार्फत बुझाइने अन्य कुनैपनि किसिमका कर तथा राजस्व समेत भुक्तानी गर्न सकिनेछ । 

उक्त सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, नेपाल क्लियरिङ्ग हाउसको तर्फबाट अधिकृत मुन्नी राजभण्डारी, खल्तीका तर्फबाट प्रबन्धक अनमोल राट्रिय, आइएमई पेका तर्फबाट व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका तर्फबाट प्रबन्ध सञ्चालक कुसुम लामा  र नेपाल पे का तर्फबाट प्रमुख सञ्चालन अधिकृत मालिका भट्टराइले हस्ताक्षर गरेका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved