एनसेलले कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीन बेल्टको संरक्षण गर्ने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 22, 2021 | 11:02:22 AM मा प्रकाशित

sarbottam cement

एनसेल आजियाटा लिमिटेडले कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षणको काम गरेको छ । १०.२ किलोमिटर दुरी रहेको उक्त सडकखण्डको हरियाली विकास तथा संरक्षण गर्दै वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य रहेको जनाईएको छ । 

एनसेलले एक विज्ञप्ती जारी गर्दै आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वनतथा भु–संरक्षण विभागसँगको सहकार्यमा उक्त काम गरेको जनाएको छ । विज्ञप्ती अनुसार, ‘कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्याण्ड स्केपिङ सहित हरियाली निर्माण र संरक्षणको काम भइरहेको छ भने एकान्तकुना देखि बल्खु सडक खण्डका ग्रीन बेल्ट क्षेत्रमा नमुनाका रुपमा हरियाली निर्माण गर्ने कार्य सम्पन्न भइसकेको छ ।’

यसअघि एनसेलले कोटेश्वरदेखि कलंकी सडक खण्डमा वृक्षारोणका लागि सहयोग गरेको थियो । हरियाली विकासका साथै एनसेलले पाँचवर्षसम्म उक्त खण्डमा रहेका ६ हजारभन्दा बढि रुख बिरुवाको हेरचाह गर्दै ग्रीन बेल्टको संरक्षणको काम गर्ने जनाएकाे छ ।

वातावरण संरक्षण पहलअन्तर्गत नै रही एनसेलले काठमाडौं महानगरपालिकामा हरित पार्क निर्माण गर्ने जनाएकाे छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved