संसद भंगपछि के गर्दैछ नेपाली सेना ?

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 22, 2021 | 11:20:26 AM मा प्रकाशित

sarbottam cement

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गर्न गरेको सिफासिर केही मिनेटमै राष्ट्रपतिबाट सदर भएपछि नेपाली सेनाले के गर्ला भन्ने चासो उब्जिएको थियो । पौष ५ गते सेनाको परमाधिपति राष्ट्रपतिले नै सरकारको सिफारिस सदर गरेपछि सेनाले बोल्न पो किन सक्थ्यो र ?

प्रतिनिधिसभा विघटनको घोषणा सँगै सरकारले आवधिक निर्वाचनको मिति पनि तय गरेको छ । आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको निर्वाचनको सुरक्षालाई लिएर सेनाले आन्तरिक तयारी सुरु गरिसकेको छ ।

निर्वाचनमा सुरक्षा प्रदान गर्नका लागि गृह मन्त्रालय मातहत रहने गरी केन्द्रीय निर्वाचन सुरक्षा टोली गठन भएको छ । जसमा नेपाली सेनाको पनि प्रतिनिधित्व रहेकाले सेना फरक कदममा जान सक्छ भन्ने अनुमान फेल खाएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले निर्वाचनको मिति घोषणा भएको र केही समूह निर्वाचन हुनु हुँदैन भन्दै सडकमा उर्लिएको अवस्थामा उत्पन्न हुने सुरक्षा चुनौतीलाई ख्याल गरेर जिम्मेवारी पूरा गर्न आठ वटै पृतनालाई निर्देशन दिइसकेका छन् । यसका लागि स्थानीय प्रशासनसँग समन्वय गर्न उनले निर्देशन दिएका छन् । 

‘संविधानअनुसार सरकारले दिएको जिम्मेवारीलाई सेनाले पालना गर्छ’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेल भन्छन्, ‘हामीसँग पहिला पनि चुनावको समयमा सुरक्षाका काम गरेको अनुभव छ, सोही अनुसार अहिले पनि तयारी गरिरहेका छौँ, सरकारले चुनावमा जाने भनिसकेपछि हामीले आफ्नो तयारी त गर्नैपर्छ नि ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved