नेपालको ठूलो चेन सुपरमार्केट बन्यो साथीमार्ट, आउटलेट संख्या ६१ पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2021 | 11:39:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पहिलो पटक अनलाइन टु अफलाइन (ओ टु ओ) ई–कमर्स लन्च गर्ने लक्ष्यका साथ स्थापित साथीमार्टले देशभर ६१ वटा आउट्लेट सञ्चालनमा ल्याएको छ । काठमाडौँको बौद्धमा गत भदौँ २९ गते स्थापना भएको उक्त मार्टले ५ महिनाको अबधिमा काकडभित्तादेखि धनगढीसम्मका प्रमुख शहरमा आउट्लेट सञ्चालनमा ल्याएको हो । 

साथीमार्टले हालसम्म सुपरमार्केटको अभ्यास नभएको अर्घाखाँची, जिरी, गल्छी, दार्चुला जस्ता विभिन्न ठाउँहरुमा उपभोक्ताहरुलाई ’सुपरमार्केट कल्चर’ सिकाउँदै अघि बढिरहेको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेल बताउँछन् । 

नेपालका गाउँदेखि शहरसम्म हजार आउट्लेटसहित अनलाईन सपिङको सुविधा दिने लक्ष्य रहेको साथीमार्टमा कर्पोरेट अफिस र आउटलेटहरुमा गरि हालसम्म ३ सय ५० जना भन्दा बढिले प्रत्यक्ष रोजगारी दिएको जनाईएको छ । साथीमार्टमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डका ग्रोसरी, सरसफाइका सामान, बेभरेज, स्न्याक्स, दुधजन्य उत्पादन, फ्रोजन खाद्य, उपहार, ब्रेकफास्ट आइटम लगायत विभिन्न सामग्रीहरु उपलब्ध भएको पोख्रेलले जानकारी दिए । 

साथीमार्टले छिट्टै ‘ओ टु ओ’ कमर्स नेपालभरी अर्डर गरेकै दिन डेलिभरी सुविधासहित लन्च गर्ने तयारी गरेको जनाईएको छ । ‘अब जमाना स्मार्ट सपिङको’ नारा लिएको साथीमार्टले अनलाइन र अफलाइन (ओ टु ओ) दुवै सपिङमा प्राथमिकता दिएर काम गरिहेको बताइएको छ । साथीमार्टले नेपालका उत्पादनलाई विशेष प्राथमिकता दिने पोख्रेल बताउँछन् । 

बेरोजगार तथा नेपालमै बसेर केहि गर्ने भन्ने सोच भएका युवाहरुलाई लक्षित गरि साथीमार्टले बिना लगानी व्यापार सुरु गर्न सकिने साथै रेफर एण्ड अर्न गर्ने गरि ’साथीमार्ट एफिलिट स्टार्टअप प्लान’ सुरु गरी यहि वर्ष कम्तिमा ३० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य रहेको पोख्रेलले जानकारी दिए । 

उनका अनुसार साधारण मार्ट वा पसलकै जति लगानीमा अनलाइन, अफलाइन रिटेल आउटलेट, डिस्ट्रिब्युटर्स लगायत चार तरिकाबाट  मुनाफा हासिल गर्न सकिनेछ ।

साथीमार्टले हाललाई निःशुल्क फ्रेन्चाइज प्रदान गर्दै आइरहेको पोख्रेलको दावी छ। फ्रेन्चाइज पार्टनर बन्नको लागि उपभोक्ताले साथीमार्टको अफिसियल वेबसाइट र सार्थमार्टको आधिकारी फेसबुक मार्फत अनलाइन निवेदन दिन सक्ने बताइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved