बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्द अविश्वासको प्रस्ताव पेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2021 | 01:46:34 PM मा प्रकाशित

laxmi  sunrise bank

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्द अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्ड–माधब समूहले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्दै पौडेलविरुद्द अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्तावमा ४५ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा प्रदेश सरकारका पर्यटनमन्त्री अरुण नेपाल पनि रहेका छन् । अविश्वासको प्रस्तावमा पहिलो हस्ताक्षरकर्ता (अल्फाबेटिकल अर्डर अनुसार) का हैसियतमा अरुण नेपाल आफैँले प्रस्ताव पेश गराएका हुन् ।

अविश्वासको प्रस्तावमाथिको छलफल माघ १९ गतेका लागि तोकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved