पूर्वजनमुक्ति सेनालाई ओलीले भने, मकहाँ आइरहँदा विगतमा जस्तो धोका पाउनुहुने छैन

रासस

रासस

Jan 23, 2021 | 08:25:01 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका समस्या राजनीतिक रुपमा समाधान हुने बताएका छन् । पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले विगतमा जस्तो उहाँहरुलाई धोका नदिइने स्पष्ट पारेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

प्रधानमन्त्री ओलीले जनयुद्धका अवधिमा उहाँहरुको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान रहेको जनाउँदै भने, “पहिलेको नेतृत्वले तपाईंका भावनाको दुरूपयोग गर्यो, यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ, यसरी मकहाँ आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौँ । अब विगतमा जस्तो धोका पाउनुहुने छैन ।”


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved