बारका चार पूर्वअध्यक्षले भने, ‘९५ वर्षीय बरिष्ठ अधिवक्ताको मानमर्दन गरेका प्रधानमन्त्रीले माफी माग्नुपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2021 | 04:16:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बार एसोसिएसनका चार जना पूर्वअध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता ९५ वर्षीय कृष्णप्रसाद भण्डारीमाथि मानमर्दन गरेको भन्दै माफी माग्नुपर्ने बताएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै बारका पूर्वअध्यक्षहरू हरिहर दहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले भण्डारीको अपमान र मानमर्दन गरेको भन्दै सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका हुन् ।

सत्तापक्षद्वारा कानुनमाथि नै निर्लज्ज प्रहार भएको निश्कर्षसहित उनीहरूको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीद्वारा अभिव्यक्त ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्नं, के तमासा गरेको हो यो भन्ने अभिव्यक्ति र वकिलले कुरा फिटयाफिट्यै छन तर ढुक्क हुनुहोस् प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन’ भन्ने अभिव्यक्ति तथा यसअघि पनि कानून व्यवसायीलाई स्यालजस्तो म्याउम्याउ गरेको छन्, सर्वोच्च अदालतमा बहस गर्ने वकिललाई त्यति पनि थाहा नहुने, के गर्छन ती वकिले भनि सार्वजनिक समारोहमा गरिएका प्रमका अभिव्यक्तिले संविधानद्वारा संरक्षित कानून व्यवसायमाथि नै धावा बोलिएकोले लोकतन्त्रका पहरेदार कानून व्यवसायी माथिको यो प्रहारलाई मुकदर्शक भएर सहन गर्न सकिँदैन।’

‘२०१३ सालदेखि संस्थागत स्वरूप ग्रहण गरेको कानून यावसायलाई तमासा देखाएको भनी राजतन्त्रकालमा समेत सत्तापक्षद्वारा यस प्रकारको निलज्ज प्रहार भएको थिएन,’ विज्ञप्तिमा भनिएको छ,‘बरिष्ठतम अधिवक्ता कृष्णप्रसाद भण्डारी नेपालको कानुन व्यवसायको मात्र होइन स्वतन्त्र न्यायपालिका र लोकतन्त्र समेतको जीवित इतिहास हो । पञ्चायत कालमा स्वर्गीय वि.पि. कोइराला, रामराजा प्रसाद सिंह र स्वंय प्रमलाई झापा आन्दोलनको क्रममा लागेका राजनीतिक मुद्दा बहस गर्न कष्टसाध्य यात्रा गर्ने साहासिक कानून व्यवसायी पनि हुनुहुन्छ । यस्तो इतिहास भएको व्यक्तित्वलाई आफ्नो विपक्षमा बहस गरेकै आधारमा अपमान गर्ने, होच्याउने र दुर्वाच्य वचनले प्रहार गर्ने कुरा प्रमको शक्तिको अहंकार र उन्माद भएको हाम्रो ठहर रहेको छ।’

No photo description available.

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved