गरिमा विकास बैंकद्वारा ‘स्मार्ट टेलर’ को सुरुवात, बिना चेकबुक पैसा निकाल्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2021 | 04:28:05 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक लिमिटेड Garima Bikas Bank Limited ले क्युआरलाई स्कान गरी पैसा झिक्नमिल्ने ‘स्मार्ट टेलर’ को सुरुवात गरेको छ । बैंकले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउदै विना चेक बुक मोबाईल बैकिङ्गमार्फत शाखामा उपलब्ध क्यु.आर.लाई स्कानगरि पैसा झिक्नमिल्ने बताएको छ । 

बैंकले सुरुवाती चरणमा बैंकको लाजिम्पाट शाखाबाट मात्र उपलब्ध गराएको उक्त सेवा सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध गराउने जनाएको छ। डिजिटल बैकिङ्गलाई प्राथमिकतामा राखेर ग्राहकलाई थप सुविधा तथा प्रविधिहरु भित्राउन बैंक सधै तत्पर भएको जनाईएको छ । 

बैंकले १०६ शाखा कार्यालय, ५१ वटा एटिएमबाट ग्राहकहरुलाई सेवा प्रवाह गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved