चार हप्तापछि मेलम्चीको पानी सुरुङमा हालिने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 24, 2021 | 05:24:48 PM मा प्रकाशित

sarbottam cement

खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरिक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री थापा सुन्दरीजलदेखि ९ किलोमिटर भित्र सुरुङ र आउटलेट रहेको सिन्धुसम्म पुगेका थिए । उनले मेलम्ची आयोजनामा अहिलेसम्म भएको कामको विवरण र पानी काठमाडौँ ल्याउन गर्नुपर्ने थप कामबारे जानकारी लिएका छन् । 

मन्त्री थापाले आयोजनाको बाँकी काम चाँडै सक्न निर्देशन दिएका छन् । ब्रिफ्रिङ गर्दै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले सुरुङको अधिकाशं काम सम्पन्न भइसकेको जानकारी गराएका छन् । उनले निकासका लागि राखिएका सुरुङको ढोका मर्मतलगायत महत्वपूर्ण सबै काम सकिएको बताए । 

‘करिब सबै काम सकिएको छ, सुरुङ्ग परिक्षण गर्दा यसअघिको जस्तो दुर्घटना हुन नदिन विदेशबाट ल्याएर विज्ञ समूहबाट सुरुङ्गको निरिक्षण पनि गराएका छौँ, कार्यकारी निर्देशक खत्रीले भने, ‘सुरुङको दिगोपनाका लागि केही सुधारका कामहरु शुरु गरेका छौँ, २४ सै घण्टा गरेर बढीमा चार हप्तामा त्यो काम पनि सम्पन्न गछौँ ।’

खत्रीले बढीमा चार हप्तामा सुरुङमा पानी पठाएर परिक्षणको काम शुरु गर्न सकिने बताएका छन् । 

यस्तै सुरुङको निरिक्षण लगत्तै मन्त्री थापाले मेलम्चीको पानी खसाल्ने प्रशोधन केन्द्र र संकलन केन्द्रको पनि निरिक्षण गरेका थिए । सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको दुई वटा प्रशोधन केन्द्र रहेका छन् । प्रशोधन केन्द्र दुवैको क्षमता प्रतिदिन ८।५ करोड लिटर रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved