सरकारले पुर्वलडाकुलाई ‘लोकतान्त्रिक योद्धा' का रुपमा सम्मान गर्ने, मोडालिटीको लागि समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2021 | 11:12:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले जनआन्दोलन र सशस्त्र संघर्षका लडाकु एवं सहिदका परिवारलाई ‘लोकतान्त्रिक योद्धा' का रुपमा सम्मान गर्ने निर्णय गरेको छ। आज माघ ११ गते बसेको मन्त्रीपरिषदको बैठकले पुर्व लडाकु तथा सहिदका परिवारलाई ‘लोकतान्त्रिक योद्धा’का रुपमा परिचयपत्र वितरण र सम्मान गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन्। 

सल्लाहकार थापाकाअनुसार आज बसेको मन्त्रीपरिषद बैठकले यस कार्यका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति बनाएको छ।  समितिमा खानेपानी तथा सरसफाई मन्त्री मणी थापा र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फे सदस्य छन्। 

समितिले सबै जनआन्दोलन तथा माओवादी जनयुद्धमा बलिदानी दिएका सहिदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवार, अपांगता भएका, घाइते तथा अन्य पिडितहरुको लगत संकलन गरी उनीहरुलाई सम्मान गर्ने मोडालिटी सरकारलाई सिफारिस गर्ने छ ।

लोकतान्त्रिक योद्धाहरुलाई सम्मान गर्ने विभिन्न मापदण्डका विषयमा समितिले प्रतिवेदन तयार गर्नेछ। माओवादी जनयुद्धका पूर्वसेना तथा पूर्व बालसेनाहरु केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा समाहित भएलगत्तै सरकारको यो निर्णय आएको हो।

प्रधानमन्त्री ओलीले माघ १० गते जनमुक्ति सेनाहरुलाई छलफलमा डाकेर पुर्व लडाकु तथा सहिदका परिवारले पहिलेको नेतृत्त्वमा जस्तो धोका नपाउने प्रतिबद्धता जनाएका थिए। त्यसको भोलि पल्ट अर्थात् आज बसेको मन्त्रीपरिषदको बैठकले ‘लोकतान्त्रिक योद्धा का रुपमा सम्मान गर्ने निर्णय गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved