ग्लोबलआइएमई बैंकको पाल्पा हुमिनमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2021 | 02:53:21 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले Global IME Bank Limited पाल्पाको हुमिन (ग्याङ्गसिंग पोखरा) मा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै २ सय ४५ शाखारहित बैंकिङ्ग सेवा पुगेको छ ।  

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानियबा सिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । निक्षेप संकलन, खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, नेपाल टेलिकम, एनसेल तथा युटिएलको महसुल रकम भुक्तानी तथा रिचार्ज लगायतका सेवा प्रदान गरिने बैंकले जनाएको छ । 

बैंकले ७३ वटा जिल्लाको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved