एनआईसी एसिया बैंकको एटिएम कार्ड लिन अनलाईनबाटै आवेदन दिन सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2021 | 03:20:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले NIC Asia Bank Limited एटिएम कार्ड लिन अनलाईनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै आएको उक्त बैंकले मोबाइल तथा ल्यापटबको प्रयोग गरेर जुनसुकै स्थान र जुनसुकै समयमा नयाँ डेबिट कार्ड प्रयोगको अनुरोध गर्न सक्ने जनाएको छ । 

ग्राहकले जुनसुकै कामका लागि बैंकको शाखामा नगई बैंकको वेबसाइटमा रहेको आईसर्भिस डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सक्नेछन । उक्त आईसर्भभित्र सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खातासम्बन्धी विवरण उल्लेख गरी भेरिफाइ प्रमाणित गरेपश्चात् डेबिट कार्ड आवेदको प्रक्रिया अगाडि बढ्नेछ ।

त्यसपश्चात ग्राहकले इन्स्ट्यान्ट कार्ड वा नेम इम्बोस्ड कार्ड तथा आफूलाई पायक पर्ने शाखा छनौट गर्न मिल्ने विकल्प राखिएको छ । यस प्रक्रियाको अन्त्यमा बैंकबाट सेवाग्राहीलाई आवेदन सफल भएको एसएमएसमार्फत रेफरेन्स कोडसहित जानकारी गराइनेछ ।

ग्राहकको आवेदनअनुसारको डेबिट कार्ड तयार भएपश्चात् बैंकले ग्राहकहरूलाई एसएमएस तथा फोनमार्फत खबर गर्ने व्यवस्था समेत गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved