प्रधानमन्त्रीले भने, ‘कोरोनाले नेपाली सभ्यताको नमस्कार गर्ने संस्कार विश्वभरी चिनायो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 11:01:07 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको विश्वव्यापी महामारीका क्रममा अभिवादन गर्ने शैलीमा व्यापक परिवर्तन ल्याएको बताएका छन् । कोभिड–१९ को खोपको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्रीले मानिसहरुको बीचको अभिवादन र सम्मान प्रकट गर्ने शैलीमा कोरोनाले परिवर्तन ल्याईदिएको बताएका हुन् । 

ह्यान्डसेक गर्ने पश्चिमा संस्कारलाई कोरोनाले बाइबाइ गरेको र नेपाली सभ्यताको नमस्कार वा नमस्तेलाई स्वागत गरेको प्रधानमन्त्रीको भनाइ छ ।

‘अंकमाल गर्ने र हात मिलाउने अब छैन । सबैभन्दा राम्रो नमस्कार वा नमस्ते हो भन्ने स्थापित भएको छ । न स्पर्शबाट सर्ने न स्वासप्रश्वासबाट । हाम्रा पूर्वजहरुले राम्रै पत्ता लगाएका रहेछन्’ प्रधानमन्त्रीले भने, ‘जानी नजानी अरुका सभ्यता सिक्दा बलियाले अर्काको ह्यात कर्याप्प पारेर आँशु निकाल्ने स्थिति पनि भएन । यसले एक प्रकारले भन्ने हो भने पुनर्जागरणकै स्थिति ल्याएको छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved