नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 04:20:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक लिमिटेड र नेपाल महिला उद्यमी महासंघबीच लघु, साना तथा मझौता उद्यम कर्जा प्रदान गर्ने सम्झौता भएको छ । कोभिड–१९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमीहरुलाई नबिल बैंकबाट प्रदान गर्ने कर्जाले दिगो विकासको लागि वित्तिय आवश्यकता पूरा गर्न मद्दत पुग्ने जनाईएको छ । 

उक्त साझेदारी अन्तर्गत नबिल बैंकले वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ । सम्झौतामा नबिल बैंकका निरज कुमार बस्नेत (डनिल), र महिला उद्यमी महासंघबाट अध्यक्ष रीता सिम्हाले  हस्ताक्षर गरेका थिए । 

नबिलले देशभर ११९ शाखा कार्यालय, १८५ एटिएम र एक हजार पास सयभन्दा धेरै नबिलरेमिट मार्फत सेवा प्रदान गर्दै आएको छ । यसैगरी, महिला उद्यमी महासंघ एक गैर नाफामुलक संस्था हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved