प्रधानमन्त्रीका प्रेस सल्लाहकारले मुख खोले, ओलीको राजिनामाबारे दिए यस्तो प्रतिक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2021 | 10:45:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले संसद बिघटन गर्ने निर्णयलाई बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले ले प्रतिकृया दिएका छन्। संसद पुनस्थापना गर्ने सर्वोच्च अदालतको निर्णय विवादास्पद भएको र यसले भविष्यमा राजनीतिक अस्थिरता सिर्जना गर्ने सल्लाहकार थापाले जनाएका छन्। 

प्रेस सल्लाहकार थापाले भने, "सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका  दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ । "

त्यस्तै सर्वोच्चले संसद पुनस्थापना गर्ने निर्णय गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा नदिने तर प्रतिनिधिसभाको सामना गर्ने प्रेस सल्लाहकार थापाले जानकारी दिएका छन्। 

थापाकाअनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नेछन तर तत्काल प्रधानमन्त्री पदबाट राजिनामा दिनेछैनन्। 

थापाले लेखेका छन्, "प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।"


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved