पूर्व मन्त्री नवीन्द्रराज जोशी कोमामा, नर्भिकले भन्यो, ‘बाँच्नुहुन्छ कि भन्ने थोरै आशा छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2021 | 05:35:10 PM मा प्रकाशित

laxmi  sunrise bank

मष्तिस्कघात भएका नेपाली काँङ्ग्रेसका नेता एवम् पूर्व मन्त्री नवीन्द्रराज जोशी कोमामा गएका छन् । नर्भिक इन्टरनेशनल हस्पिटलले आकस्मिक पत्रकार सम्मेलन गरेर उनी कोमामा रहेको जानकारी दिएको हो ।

न्यूरो सर्जन डा. राजीव झाका अनुसार गय राती १२ बजे देब्रे हात बाउडिएसँगै कमजोर महशुस गरेका जोशीलाई राती नै वीर अस्पताल पुर्याइएको थियो । अस्पताल लैजाने तयारी गर्दासम्म बोलिरहेका जोशी वीर अस्पताल पुग्दासम्म बेहोस् भईसकेका थिए । बेहोस भएपछि वीरमै सीटी स्क्यान गरिएको थियो । सीटी स्क्यानको क्रममा टाउकोमा नराम्रोसँग रगत जमेको देखिएपछि वीरकै डाक्टरहरुको सल्लाहमा नर्भिक लगिएको थियो । 

न्यूरो सर्जन डा. झाका अनुसार जोशीलाई पटक–पटक बान्ता भएको र बान्ता फोक्सोमा पुगेको देखिएको थियो । फोक्सोमा बान्ता पुग्दा श्वास फेर्न गाह्रो भएको र इमेरजेन्सी इन्कुभेसन (पाइप राखेर श्वास फेराउने काम) गरिएको थियो । 

जोशीको आँखाको नानी एकातिर फुलेको देखिएको समेत डा. झाले बताए । 

‘एकातिर त्यस्तो देखिनु भनेको आधा दिमागले काम नगरेको भनेर बुझ्दा हुन्छ’ डा। झाले भने, ‘नर्भिकमा ल्याएर हामीले पुनः सीटी स्क्यान गर्दा टाउकोको बीच भागमा पानी जम्दै गरेको समेत देखियो । उहाँमा सुगर, प्रेसरको समस्या पनि रहेछ । उहाँले रगत पातलो हुने औषधि पनि खाइरहनुभएको रहेछ । यस्तो व्यक्तिलाई सर्जरी गरिए रक्तश्राव नियन्त्रण हुँदैन । त्यसकारण विशेष रगतहरु व्यवस्था गरेर हामीले सानो ड्रिल गरी ड्रेन राखिदिएका छौं, त्यसबाट १३० एमएल पानी निकालिसकेका छौं ।’

नेता जोशी हाल भेन्टिलेटरमा छन् । उनको अवस्थालाई चिकित्सकहरुले एकदमै गम्भीर र जटिल भनेका छन् ।

‘विश्वमा हेर्ने हो भने यस्तो स्टेजमा पुगेका १०० बिरामीमा ७० प्रतिशतसम्मको डेथ नै हुन्छ । बाँचेका ३० प्रतिशतमा पनि ठूलो किसिमको प्यारालाइसिसहरु देखिने संभावना हुन्छ’ डा. भन्छन्, ‘हामीले उनको प्रत्येक घण्टाको अवस्था हेरेर उपचारको रणनीति बनाइरहेका छौं ।’

‘हामीलाई थोरै भए पनि उहाँ बाँच्नुहुन्छ भन्ने आशा छ । त्यही आशा राखेर हामीले सक्दो प्रयास गरिरहेका छौं’ डा. झाले थपे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved