घुस लिन अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2021 | 05:17:15 PM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय ट्राफिक प्रहरी महाशाखाले घुस अस्वीकार गर्ने ट्राफिक प्रहरीलाई सम्मान गरेको छ । आर्थिक प्रलोभनमा नपरी आफ्नो जिम्मेवारी पूरा गर्ने एक प्रहरी निरीक्षकसहित १८ जना ट्राफिक प्रहरीलाई महाशाखाले सम्मान गरेको हो ।

सम्मानित हुनेहरु मध्ये ६ जनालाई नगदसहित उनीहरुको वृद्धि विकासमा समेत सहयोग पुग्नेगरी अभिलेखमा पनि रहने गरी पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा प्रहरी हवल्दार शम्भु विश्वकर्मा, प्रहरी जवानहरु अनिल महर, महेशराज पनेरु, रमेश सिंह बुडाल, बिन्दा थापा र राम अवतार राम छन्।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकको प्रलोभनमा नपरी सेवा गर्ने ट्राफिक प्रहरीहरुलाई उनीहरुको मनोबल उच्च पार्न सम्मान गरिएको बताए । उनले आगामी दिनमा यसलार्य निरन्तरता दिन निर्देशन पनि दिएका छन् । 

महाशाखाले चालु आर्थिक वर्षमा मात्रै आर्थिक प्रलोभनमा पार्न खोज्ने ९४ जना चालकहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने ६५ जना प्रहरीलाई पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved