फेरी बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2021 | 08:35:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । निगमले आज सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टीतेल तथा आन्तरिक तर्फको हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमले विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल,  मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९९ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएर प्रति लिटर मूल्य ७२ कायम गरिएको छ । अन्तराष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रति किली २५ डलर बढाएर प्रति किली ८९३ अमेरिकी डलर पुर्याइएको छ । मूल्य बढाउँदा पनि आफुलाई घाटा नै रहेको निगमले जनाएको छ ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखिएको छ । निगमले २ साता अघि मात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved