विप्लव समूहसँग संवाद गर्न सरकारी वार्ता टोली गठन

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 02, 2021 | 12:38:04 PM मा प्रकाशित

sarbottam cement

सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विल्पव’ नेतृत्वको नेकपासँग वार्ता गर्न वार्ता टोली बनाएको छ । सरकारले विप्लव समूहसँग वार्ताका लागि गठन गरेको वार्ता टोलीमा को को छन् भन्नेबारे केहीबरेमा नाम सार्वजनिक हुनेछ । 

सरकार र विल्पव दुवै पक्षबीच भएका अनौपचारिक छलफलहरूले वार्ताको वातावरण बनाएकाले सरकारले वार्ता टोली बनाएको हो । विल्पव समूहले यसअघि नै तीन सदस्यीय वार्ता टोली बनाईसकेको छ । सरकारका तर्फबाट प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वक्तव्य जारी गरी वार्ता टोलीको नाम सार्वजनिक गर्नेछन् 

विप्लव समूहले भने सरकारको तर्फबाट वक्तव्य आएपछि काठमाडौंमा सार्वजनिक कार्यक्रमको घोषणा गर्ने तयारी थालेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved