गुणस्तर विभागले एक वर्षमा कति नमूना परीक्षण गर्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2021 | 02:23:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल गुणस्तर तथा नापतौल विभाग हरेक उत्पादनको गुणस्तर तोक्ने र तोकिए अनुसारको गुणस्तर भए नभएको जाँच गर्ने एक मात्र सरकारी संयन्त्र हो । तर, अहिले विभाग आफैँ आफू कमजोर बन्दै गएको महशुस गर्न थालेको छ । यसको कारण हो, विभागमा पर्याप्त जनशक्ति नहुनु ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनी सवारी साधन र जनशक्ति पर्याप्त नहुँदा जति काम गर्नुपर्ने हो त्यति गर्न नसकिएको स्वीकार गर्छन् । 

विभागको क्षमता कति ?

गुणस्तर तथा नापतौल विभागले वर्षमा ३ हजार नमूना परीक्षण गर्ने क्षमता राख्छ । यसमध्ये वर्षभरीमा बजारबाट आफैँ नमूना संकलन गरेर विभागले गर्ने परीक्षण भनेको जम्मा ६ सय नमूना मात्रै हो । बाँकी २४ सय नमूना भने नयाँ प्रोडक्टको गुणस्तर र उजुरी परेका नमूना परीक्षण हुन्छन् ।

‘हाम्रो कुल क्षमता भनेको वर्षभरीमा ३ हजार स्याम्पल टेष्ट हो’ महानिर्देशक पुडासैनीले भने, ‘वर्षभरीमा बजारबाट आफैँ उठाएर ६ सय स्याम्पल टेष्ट गर्ने हाम्रो लक्ष्य हुन्छ, चालु वर्षमा अहिलेसम्म ४ सय स्याम्पलको टेष्ट गरिसकेका छौँ ।’

बाँकी २४ सय स्याम्पल भने उद्योगले आफ्नो उत्पादन बजारमा पठाउनुअघि अनिवार्य गर्नैपर्ने गुणस्तर परीक्षणको हुने गर्दछन् । अहिले नयाँ प्रोडक्ट आईरहेकाले तीनिहरुको स्ट्याण्डर्ड बनाउने चूनौती रहेकाले त्यसतर्फ सोच्नुपर्ने बेला आएको महानिर्देशक पुडासैनीले बताए । नयाँ नयाँ प्रोडक्टको स्ट्याडर्ड बनाउन नसकिँदा सरकार र उद्योगी दुबैलाई घाटा भईरहेको उनको भनाई छ ।

यस्तो विभागको संक्षिप्त इतिहास

औद्योगिक उत्पादनहरूको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले २०३३ सालमा उद्योग मन्त्रालय अन्तर्गत गुणस्तर निर्धारण समितिको गठन भयो । त्यो उद्देश्य कार्यान्वयन गर्न नेपाल गुणस्तर (प्रमाणचिन्ह) ऐन, २०३७ को तर्जुमा भएपछि गुणस्तर निर्धारण समितिलाई विभागीय स्तरको नेपाल गुणस्तर कार्यालय बनाईयो ।

यस संस्थाले २०३७ सालदेखि गुणस्तर चिन्ह प्रदान गर्न थाल्यो । नेपाल गुणस्तर कार्यालय र नापतौल विभागलाई समायोजन गरी २०४४ साल श्रावण १ गतेदेखि ‘नेपाल गुणस्तर तथा नापतौल विभाग’ स्थापना गरिएको थियो । 

नेपाल गुणस्तर (प्रमाणचिन्ह) ऐन २०३७, नेपाल गुणस्तर (प्रमाणचिन्ह) नियमावली, २०४० तथा स्टाण्डर्ड नाप तौल ऐन, २०२५ र स्टाण्डर्ड नाप र तौल नियमहरू, २०२७ को अधीनमा रही विभागले उद्यमी, व्यापारी तथा उपभोक्ताहरूमा सेवा र औद्योगिक उत्पादन तथा व्यापारिक लेनदेनमा सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved