विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2021 | 07:29:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेत्र बिक्रम चन्द (विप्लव) समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । 

बैठकले आज भएको वार्तामा भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।  बैठकले सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच भएको ३ बुँदे सहमतिलाई पनि अनुमोदन गरेको छ ।

यस संगै शुक्रबार राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved