जनताको चाहना बुझ्न जनमत हुनुपर्छ, हामी तयार छौँः विप्लव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2021 | 03:41:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा विप्लव समूहका महासचिव नेत्र विक्रम चन्द्र ‘विप्लव’ले नेपाली जनताको चाहना बुझ्न अब जनमत हुनुपर्ने बताएका छन् । सरकारसँगको संयुक्त हस्ताक्षर कार्यक्रममा बोल्दै  विप्लवले सरकारले चाहेको अवस्थामा पनि जनमतमा जान नसकिने अवस्था देखिसकिएले अब त्यसो हुन नहुने र आफूहरु पनि जनमतमा जान तयार रहेको बताएका हुन् ।

नेपालमा पटक पटक विद्रोह र आन्दोलन भईरहेको र नेपाली जनताको चाहना पनि टुक्रा टुक्राका रुपमा सम्बोधन भएपनि आजको अवस्थामा नेपाली जनता के चाहन्छन् भन्नेबारे जनमत हुनुपर्ने महासचिव विप्लवको भनाई छ । नेपाली जनताको चाहना बुझ्नलाई हुने जनमतमा आफ्नो पार्टीको पूर्ण साथ रहने उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved