प्रधानमन्त्रीद्वारा मेलम्चीको पानी काठमाडौं ल्याउने कार्यको शुभारम्भ,सम्झिए महाकवि देवकोटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2021 | 09:27:15 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समय देखिको सपना रहेको मेलम्ची पानी अबका केही दिनमै राजधानीबासीले पाउने बताएका छन्। मेलम्चीको पानीलाई सुरुङमार्ग हुँदै काठमाडौं झार्ने कार्यको आज शुभारम्भ गर्दै प्रधानमन्त्रीले यो राजधानीबासीका लागि खुसी मनाउने अवसर भएको बताए। 

’जतिबेला पायो त्यतिबेला लड्डु खाने होइन । यसबेलामा लडु खाने हो‘ उनले  भने।  

प्रधानमन्त्रीले विगतमा असावधानी र प्राविधिक त्रुटीले भएको  बताउँदै  अबका दिनमा पानी ल्याउँदा हुनसक्ने सम्भावित जोखिमबारे मेलम्ची खानेपानी आयोजना सजग रहन पनि निर्दैशन दिए। 

‘मेलम्ची कुरा मात्रै हुने हो की’ ? भन्ने अवस्था सिर्जना भएको पनि  उनले बताए। 

‘मैले कुरा सुन्दा जम्मै कपाल कालो थियो। अहिले सम्पन्न हुँदा एउटा पनि कालो कपाल बाँकी छैन’ ,उनले भने। प्रधानमन्त्री ओलीले अहिले थुपै कामहरु अघि बढेको उल्लेख गर्दै आफूलाई काम गर्न नदिएको अहिले प्रमाणित भएको समेत बताए। दोस्रो चरणमा यांग्री र लार्के खोलाबाट पनि थपेर पुरै उपत्यकालाई यथेष्ट पुग्ने पानी वितरण गरिने पनि उनले बताए । यसका लागि पाइपहरुको परीक्षण गरी सुरक्षित पार्न समेत उनले सम्बद्ध निकायलाई निर्देशन दिए।

मेलम्चीको पानी आगामी २६ गते थप प्राप्त गरी बागमतीमा पानी छाेिडने र भोली पल्टको शिवरात्रीमा सफा पानी उपलब्ध हुने पनि उनले बताए । अहिले सरकारले तिव्रताका साथ विकास कार्य अघि बढाइरहेको बताउनुभयो । केही समय पछि सुनकोशी कमला डाइभर्सन निर्माण छिटै सुरु हुने बताए।

एक थरीले सरकारले (विकाम निर्माण कार्य ) उधुमै गर्न लाग्यो भनेर सरकारको नेत्तृव परिवर्तन गर्नतर्फ लागेको  समेत उनले बताए। जनताको साथ पाए विकास निर्माणको कार्य तिव्रतर अघि बढाउन सक्ने भन्दै प्रधानमन्त्रीले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई उधृत गर्दै भने, ‘तिमिले हाँसे म हाक्न सक्छु इन्द्रको आशन’ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved