सर्वोच्चद्वारा नेकपाको एकता नै बदर, एमाले र माओवादी केन्द्र ब्यूँतिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 03:22:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकता पनि खारेज गरिदिएको छ । नेकपाको नाम सम्बन्धि मुद्दामा निवेदक ऋषी कट्टेलको पक्षमा फैसला सुनाउँदै सर्वोच्चले एमाले र माओवादी अब अलगअलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा रहने उल्लेख गरेको छ । 

सर्वोच्चले अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी अबिलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नु गराउनू भनी विपक्षी मध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरेको छ । 

कट्टेलले नेकपाको आधिकारिकता आफूले पाउनुपर्ने भन्दै यसअघि निर्वाचन आयोगमा दिएको निवेदनमा आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपालाई आधिकारिता दिएको थियो । त्यसपछि कट्टेल निर्वाच आयोगलाई समेत विपक्षी बनाई सर्वोच्च गएका थिए । 

यस्तो छ आदेशको अन्तिम बुँदाः



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved