प्रचण्ड–माधव समूहको निर्णय : एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2021 | 07:15:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रचण्ड माधव पक्षले अन्ततः एमाले र माओवादी अलग अलग भएर जाने निर्णय गरेका छन् । आज पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र व्युँतिएकाले सोही बमोजिम छुट्टिने निर्णय गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।

सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने बताउंदै खनालले पार्टीभित्र संघर्ष गरिने बताए । झन्डै तीन वर्षअघि दुई दलको एकता भएर नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' बनेको थियो ।

तर, यो नामको दल निर्वाचन आयोगमा पहिला नै दर्ता रहेको भन्दै आइतबार सर्वोच्चले नेकपाको एकता बदर हुने गरी फैसला दिएको थियो । उक्त फैसला पश्चात एमाले र माओवादी केन्द्र ब्युंतिएको हो।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०लाई २३ जेठ ०७५ मा निर्वाचन आयोगले दर्ता गरेको थियो । आफ्नो पार्टीसँग मिल्दोजुल्दो नाम राखेर गरिएको अर्को दल दर्ताको निर्णय बदर गर्न माग गर्दै नेता ऋषि कट्टेलले २१ मंसिर ०७५ मा निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved