प्रचण्डले बोलाए माओवादी केन्द्रको बैठक, सरकारलाई दिएको समर्थनबारे छलफल हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2021 | 12:34:03 PM मा प्रकाशित

laxmi  sunrise bank

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी समिति बैठक बोलाएका छन् । उनले पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन्।  

बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने-नलिने बारे र बैठकमा पार्टी पुनर्गठनको प्रक्रियालगायतका विषयमा छलफल हुने बताईएको छ  माओवादी केन्द्रको स्थायी समिति १९ सदस्यीय रहेको छ। तर पूर्व माओवादीका तर्फबाट मन्त्री बनेका मणि थापा, रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका नेताहरु ओली समुहमा लागेकोले बैठकमा नजाने सम्भावना छ।

 सर्वोच्च अदालतले नेकपाको एकता बदर गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई एकता अगाडीको पूर्ववत् अवस्थामा फर्कन आदेश दिएपछि पहिलो पटक माओवादी केन्द्रको स्थायी समिति बैठक बस्न लागेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved