
 2mb (1).gif)
अब अनलाइनबाट बिजुलीको पैसा तिर्दा सेवा शुल्क लाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले प्रयोगकर्ताबाट नै सेवा शुल्क लिन सक्ने गरि नयाँ प्रस्ताव आह्रान गरेको हो ।
हाल ईसेवा, खल्ती लगायतका सेवा प्रदायकले बिना शुल्क प्राधिकरणको लागि महशुल संकलन गरिरहेका छन् । तर अब भने सेवा प्रदायकले लामो समयदेखिको राख्दै आएको मागलाई सम्बोधन गर्ने उदेश्यले प्राधिकरणले ग्राहकबाट नै सेवा शुल्क लिन सकिने गरि नयाँ प्रस्ताव गरेको हो ।
प्राधिकरणले नेपाल विद्युत प्राधिकरणका उपभोक्ताहरुबाट अनलाईन मार्फत विद्युत महशुल
भुक्तानी सेवा संचालन गर्न ईच्छुक सेवा प्रदायकहरुबाट प्रस्ताव आह्वान गरेको छ । जसमा मासिक ५ सय सम्मको महशुल अनलाइनबाट तिर्दा ग्राहकसँग सेवा शुल्क लिन नपाइने प्रस्ताव गरिएको छ । तर मासिक ५ सय १ रुपैयाँदेखि ५ लाखसम्मको महशुल तिर्दा ग्राहकसँग प्रति कारोबार अधिकतम ५ रुपैयाँसम्म सेवा शुल्क लिन सकिने प्राधिकरणको प्रस्ताव छ । साथै प्राधिकरणले ५ रुपैयाँ भन्दा कममा सेवा शुल्कमा सेवा दिन सक्ने भने सोहि अनुसार प्रस्ताव गर्न सेवा प्रदायकलाई आग्रह गरेको छ । तर एउटै उपभोक्ता संग कुनै एक महिनाको महशुल पटक पटक भुक्तानी गरेवापत प्रत्येक पटकको अलग सेवा शुल्क लिन नपाइने प्राधिकरणले जनाएको छ।
सेवा प्रदायक मार्फत विद्युतीय माध्यमबाट विद्युतको विल भुक्तानी गर्दा एउटा ग्राहकले अधिकतम पाँच लाख सम्म मात्र भुक्तानी गर्न सक्नेव्यवस्था मिलाउनु पर्ने छ । त्यस्तै दुर्गम क्षेत्रका ग्राहकहरुले समेत विद्युतीय माध्यम मार्फत विद्युत महशुल संकलन गर्ने गराउने प्रतिवद्धता सेवा प्रदायकले पेश गर्नु भएको छ ।
प्राधिकरणले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र प्रस्ताव बुझाउन आग्रह गरेको छ । प्राधिकरणले फागुन २९ मा सूचना प्रकाशित गरेको हो ।